बाढीपहिरोले पुर्याएको क्षति उपर २ अर्बको बीमा दाबी

काठमाडौं । बाढी पहिरोका कारण पुगेको क्षति बापत करिब २ अर्बको बीमा दाबी परेको छ । मनसुन शुुरु भएयता आएको बाढी पहिरोका कारण अर्बौको क्षति भए पनि बीमा गरिएका धनजनको मात्र उक्त रकम बराबरको दाबी परेको हो ।

 

बीमा समितिका अनुसार हालसम्म कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ । सो अवधिमा सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपंक्षी बीमा, इञ्जीनियरिङ बीमा र विविध बीमा अन्तर्गत बीमितबाट ३३१ वटा बीमा दाबी परेका छन् ।

 

जसमध्ये निर्माणाधीन आयोजना बीमाको मागदाबी ९० करोड ७ लाख ३४ हजार, निर्माण सम्पन्न आयोजनाको ११ करोड ७० लाख, हेभी इक्वीपमेन्ट बीमाको ८ करोड ८४ लाख ३६ हजार र अन्य शीर्षकमा १ करोड ५३ लाख ३ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको समितिको तथ्यांक छ । अवधिमा इञ्जीनियरिङ बीमा अन्तरगत १०७ वटा दाबी परेका छन् ।

 

सबै निर्जीवन बीमा कम्पनीमा परेका कुल बीमा दाबीमध्ये १४१ वटा सम्पत्ति बीमाका छन् । ती दाबी उपर ६९ करोड ३६ लाख ४६ हजार रुपैयाँ बीमा दाबी भएको छ ।

 

यस्तै, मोटर बीमाका ३३ वटा दाबीमा ४ करोड ७५ लाख ८९ हजार, सामुद्रिक बीमाका ५ वटा दाबीमा १९ लाख ८१ हजार, कृषि बीमाका ६ वटा दाबीमा १ करोड ६२ लाख ५१ हजार, पशुपंक्षी बीमाका ५ वटा दाबीमा २ करोड ३८ लाख ५९ हजार रुपैयाँ र विविधतर्फका २ वटा दाबीमा १ करोड ५५ लाख ५१ हजार रुपैयाँ माग भएको समितिले जनाएको छ ।

विश्वकै महँगो ट्राफिक जाम गर्ने पानी जहाजलाई क्षतिपूर्ति तिराएर छाडियो Read Previous

विश्वकै महँगो ट्राफिक जाम गर्ने पानी जहाजलाई क्षतिपूर्ति तिराएर छाडियो

सीवाइसी नेपाल लघुवित्तको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त Read Next

सीवाइसी नेपाल लघुवित्तको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त