सीवाइसी नेपाल लघुवित्तको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब ४ करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

लघुवित्तले ३ लाख ९५ हजार ३३५ कित्ता आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

सम्झौतापत्रमा लघुवित्तको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

 

बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे राष्ट्रियस्तरको यस लघुवित्तले हालै  म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई एक्विजिशन गरेको छ ।

बाढीपहिरोले पुर्याएको क्षति उपर २ अर्बको बीमा दाबी Read Previous

बाढीपहिरोले पुर्याएको क्षति उपर २ अर्बको बीमा दाबी

नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ वाटरपार्क छिट्टै सञ्चालनमा ल्याउने तयारी, ८४ करोड लगानी Read Next

नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ वाटरपार्क छिट्टै सञ्चालनमा ल्याउने तयारी, ८४ करोड लगानी