ईसेवाबाट बैंकको किस्ता निःशुल्क तिर्न सकिने

काठमाडौं । डिजीटल भुक्तानी सेवा प्रदायक ईसेवाबाट कुनै पनि बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ ।

 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उद्देश्यले यस्तो सुविधा ल्याएको कम्पनीले बताएको छ ।

 

यो सुविधा आजदेखि यही असार मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ । यो अवधिमा ईसेवाका कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन ।

 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको जनाइएको छ ।

नागढुंगा-नौबिसे सुरुङमार्गको १६ प्रतिशत काम पूरा, अहिलेसम्म कति मिटर खनियो ? Read Previous

नागढुंगा-नौबिसे सुरुङमार्गको १६ प्रतिशत काम पूरा, अहिलेसम्म कति मिटर खनियो ?

कहिले हुँदैछ जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट ? Read Next

कहिले हुँदैछ जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट ?