ठेक्का हात पारेर काम नगर्ने शैलुङ इन्टरप्राइजेज सहित १५ कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं। विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम पूरा नगर्ने ९ निर्माण/सप्लायर्स कम्पनी कालोसूचीमा परेका छन् ।

 

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौता अनुसार काम नगर्ने शैलुङ इन्टरप्राइजेजसहित १५ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

 

कार्यालयले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरुलाई १ वर्षदेखि २ वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरीद कारबाहीमा भाग लिन पाउने छैनन्।

 

सार्वजनिक खरिद कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा ४ कम्पनीहरुलाई २ वर्ष र ११ वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो ।

 

प्रहरी प्रधान कार्यालयको सिफारिशका आधारमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौँडा तथा डिएमएस बुट इण्डष्ट्रिज बूढानीलकण्ठ, कृषि सामग्री कम्पनी लिमिटेडका सिफारिशमा शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि सामग्री कम्पनीलाई दुई/दुई वर्षका लागि कालोसूचीमा सिफारिस गरिएको हो ।

 

शैलुङ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । कृषि सामग्री कम्पनीले सिफारिश गरेका दुई कम्पनीले तोकिएका समयमा रासायनिक मलको ढुवानी गर्न नसकेपछि कम्पनीले धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

 

यस्तै फ्रेण्ड्स अर्बिट कन्स्ट्रक्सन सर्भिसेज प्रालि कन्काई झापा, हिमालय कन्स्ट्रक्सन प्रालि सङ्खुवासभा, सन्देश सौगात ट्रेड एण्ड सप्लायर्स विराटनगर, चुन फार्मेसी पोखरा, गुरा निर्माण सेवा जुम्ला, अम्बा स्टोर धरान, नीरज स्टिल फर्निचर उद्योग लहानलगायत एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

 

यी हुन् कालोसूचीमा पर्ने कम्पनीहरु

नारायणगढ-मुग्लिन सडकमा पहिरै पहिरो, एउटा पन्छाइ नसक्दै अर्कोले बाटो बन्द Read Previous

नारायणगढ-मुग्लिन सडकमा पहिरै पहिरो, एउटा पन्छाइ नसक्दै अर्कोले बाटो बन्द

अहिलेकै अवस्थामा कम्पनी मोडलमा लैजान हुन्न : वायुसेवा निगम Read Next

अहिलेकै अवस्थामा कम्पनी मोडलमा लैजान हुन्न : वायुसेवा निगम