एनएमबी बैंकको अनलाइन कर्जा : मोबाइलबाटै ५ मिनेटमा २ लाख ऋण पाइने

काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी सापटी २.०’ नामक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा शुरु गरेको छ । बैंकले अनलाइनमार्फत जुनसुकै समयमा पनि कर्जा लिन मिल्ने सुविधा ल्याएको हो ।

 

यस योजना अन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपविना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।

 

नेपालमै पहिलोपटक २४सै घन्टा र सातै दिन पूर्ण स्वचालित रूपमा प्रदान गरिने कर्जा एनएमबी सापटीको निरन्तरता रहेको जनाइएको छ । बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै कर्जा प्राप्त गर्न सकिने बैंकको दाबी छ ।

 

एनएमबी सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकको व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताको परिपूर्तिका लागि प्रदान गरिने छोटो अवधिको धितोविनाको कर्जा रहेको बैंकले जनाएको छ ।

 

एनएमबीमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाख रुपैयाँसम्म २४सै घन्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।

 

योजनामा ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताका आधारमा छनोट गर्न सक्ने जनाइएको छ ।

नारयणगढ-मुग्लिन सडक अवरुद्ध, निरन्तर पानी पर्दा खुलाउन समस्या Read Previous

नारयणगढ-मुग्लिन सडक अवरुद्ध, निरन्तर पानी पर्दा खुलाउन समस्या

आन्तरिक उडान खुल्यो, १० मिनेटको अन्तरमा उडान हुने, कुन गन्तव्यमा कति ? Read Next

आन्तरिक उडान खुल्यो, १० मिनेटको अन्तरमा उडान हुने, कुन गन्तव्यमा कति ?