फाइनान्स र विकास बैंक चम्किँदा थामियो नेप्सेको पहिरो, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेर ५२ अंकले घटेको बजार अन्त्यमा ४ अंकले घटेर बन्द भएको छ ।

 

विकास बैंक र फाइनान्स समूहको सेयरमा चमक आउँदा बजार सम्हालिएको हो । सूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने गिरावट आएको अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्बले घटेर पौने ६ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ४.१३ अंकले घटेर नेप्से २८२३.८८ विन्दुमा आइपुगेको छ । आज २२० कम्पनीको ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार४३५ रुपैयाँ बराबरको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ५.८० प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूह पनि ३.४० प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.४५ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२० कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनएलजी इन्स्योरेन्स २१ करोड र नेशनल हाइड्रोको १८ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

झिनो अंकले घटेको बजारमा आज ५ फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोखरा फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, सेन्टर, नेपाल, मल्टीप्रपोज र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, बेस्ट फाइनान्स, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

घट्दो बजारमा आज एचआइडीसीएलको सेयर मूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ ।

युनाइटेड फाइनान्स प्राप्ति गर्न नबिल बैंकले पायो अन्तिम स्वीकृति Read Previous

युनाइटेड फाइनान्स प्राप्ति गर्न नबिल बैंकले पायो अन्तिम स्वीकृति

चालू वर्षमा लक्ष्यको एक तिहाई मात्र विद्युत् उत्पादन Read Next

चालू वर्षमा लक्ष्यको एक तिहाई मात्र विद्युत् उत्पादन