युनाइटेड फाइनान्स प्राप्ति गर्न नबिल बैंकले पायो अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको छ ।

 

राष्ट्र बैंकले युनाइटेडलाई १००ः३५ सेयर अनुपातमा प्राप्ति गर्न मंगलबार नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको हो ।

 

दुवै संस्थाको यही असार ५ गते सम्पन्न विशेष साधारणसभाले एक्वीजिशन सम्बन्धी विशेष प्रस्ताव पारित गरेको थियो ।

 

हाल नबिल बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड छ भने युनाइटेडलाई प्राप्तिपछि चुक्ता पूँजी १४ अर्ब ५२ करोड पुग्नेछ ।

अब अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र निगमका जहाजले बोक्ने Read Previous

अब अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र निगमका जहाजले बोक्ने

फाइनान्स र विकास बैंक चम्किँदा थामियो नेप्सेको पहिरो, यी ९ कम्पनीका लगानीकर्ता मालामाल Read Next

फाइनान्स र विकास बैंक चम्किँदा थामियो नेप्सेको पहिरो, यी ९ कम्पनीका लगानीकर्ता मालामाल