कसले घटायो नेपाल इन्स्योरेसको एकैपटक १२% सेयर मूल्य ? नेप्से भन्छ-अनुसन्धान गर्दैछौं

काठमाडौं । नेपाल इन्स्योरेन्सको सेयरमा मूल्य अस्वभाविक गिरावट आएको छ । आज दिनभर तीव्र उतर चढाव देखिएको कम्पनीको सेयर मूल्य अन्तिम कारोबारमा एकैपटक करिब १२ प्रतिशतले घटेको हो ।

 

सामान्यतया कारोबार गर्दा एकपटकमा २ प्रतिशभन्दा धेरै मूल्य घट/बढ गर्न नपाइने भए पनि यसको सेयर मूल्य एकैपटक ११.७४ प्रतिशतले घटेको छ ।

 

प्रतिकित्ता १२९४ रुपैयाँमा कारोबार भइरहेको कम्पनीको सेयर बजार बन्द हुनी अन्तिम समयमा ११.७४ प्रतिशत अर्थात् १५२ रुपैयाँले घटाएर ११४२ रुपैयाँमा आएको छ ।

 

अन्तिम पटक ५० कित्ता सेयर काराेबार हुँदा सेयर मूल्य एकैपटक १२ प्रतिशतले घटेपछि लगानीकर्ता आक्रोशित भएका छन् । उक्त सेयर  ब्रोकर नं. ५८ बाट विक्री भई ब्रोकर नं. २५ नं. बाट खरिद भएको छ ।

 

आज यस कम्पनीको करिब २४ करोडको कारोबार हुँदा अधिकांश कारोबार १२०० माथि भए पनि अन्तिम कारोबार एकैपटक १२ प्रतिशतले घटेपछि लगानीकर्ताले यसको विरोध गरेका छन् ।

 

नेप्सेको सिस्टमको गडबढी आउँदा वा स्वार्थ समूहले सफ्टवेयर नै ह्याक गरेर चलखेल गरेको हो भन्दै लगानीकर्ताले नेप्सेलाई प्रश्न गरेका छन् ।

 

यता, नेप्सेले भने यसबारे गुनासो आएसँगै अनुसन्धान शुरु गरिएको बताएको छ । ‘सामान्यतः एकपटकमा २ प्रतिशतभन्दा बढी घटबढ हुन नपाउने व्यवस्था छ,’ नेप्सेका सीईओ चन्द्रसिंह साउदले भने, ‘फ्लोर सिटमा एकैपटक करिब १२ प्रतिशत मूल्य घटेको देखिएको छ । किन यस्तो भयो यसबारे अनुसन्धान गर्दैछौं ।’ सफ्टवेयरको समस्याले यस्तो भएको हुन सक्ने उनको भनाइ छ ।

गत वर्षकोभन्दा घट्यो धान रोपाइँ, अहिलेसम्म कुन प्रदेशमा कति भयो ? Read Previous

गत वर्षकोभन्दा घट्यो धान रोपाइँ, अहिलेसम्म कुन प्रदेशमा कति भयो ?

असार २४ देखि युनियन लाइफको आइपीओ आउँदै Read Next

असार २४ देखि युनियन लाइफको आइपीओ आउँदै