असार २४ देखि युनियन लाइफको आइपीओ आउँदै

काठमाडौं । युनियन लाइफ इन्सुरेन्सले असार २४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

 

निष्काशन हुने कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता नै कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा साउन ७ गतेसम्म आवेदन दिन पाइने छ ।

 

कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी (आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

 

हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।

 

कसले घटायो नेपाल इन्स्योरेसको एकैपटक १२% सेयर मूल्य ? नेप्से भन्छ-अनुसन्धान गर्दैछौं Read Previous

कसले घटायो नेपाल इन्स्योरेसको एकैपटक १२% सेयर मूल्य ? नेप्से भन्छ-अनुसन्धान गर्दैछौं

जीवन विकास लघुवित्तको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, १९ लाखले सेयर नपाउने Read Next

जीवन विकास लघुवित्तको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, १९ लाखले सेयर नपाउने