राधी विद्युतको ३६.५ प्रतिशत लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । राधी विद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको ३६.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न असार २९ गते वार्षिक साधरण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज तोकेको छ । तसर्थ आजसम्म कायम रहने सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

 

हाल ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ ।

 

कम्पनीको साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले बोनस वितरणपछि कायम चुक्ता पूँजीको १४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने समेत प्रस्ताव गरेको छ ।

 

राधी अहिले नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी समेत हो । आइतबार यसको सेयर प्रतिकित्ता ११७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

जीवन विकास लघुवित्तको आइपीओमा आवेदनको ओइरो, कति जनाले भरे ? Read Previous

जीवन विकास लघुवित्तको आइपीओमा आवेदनको ओइरो, कति जनाले भरे ?

१० मिनेटको अन्तरमा आन्तरिक उडान हुने, कुन एयरलाइन्सको दिनमा कति उडान ? Read Next

१० मिनेटको अन्तरमा आन्तरिक उडान हुने, कुन एयरलाइन्सको दिनमा कति उडान ?