तिब्बतमा ३ हजार मिटर माथि बुलेट रेल संचालन, ४३५ किमी रेलमार्गमा ४७ सुरूङ र १२१ पुल

ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा शुरू भएको छ। चाइना नेशनल रेलवे कर्पोरेसनका अनुसार फुक्सिङ बुलेट ट्रेनको शुक्रबार उद्घाटन गरिएको छ।

 

उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्नेछ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुलहरू निर्माण गरिएका छन्। ल्हासा–निङ्चीको ४३५ किलोमिटर दूरी पार गर्न रेललाई ३ घन्टा २९ मिनेट लाग्ने ग्लोबल टाइम्सले जनाएको छ।

रेलमार्गको ९० प्रतिशत भाग समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको छ। यो रेलमार्ग बनाउने काम सन् २०१४ मा शुरू भएको थियो। ४.८ अर्ब डलर लगानीमा सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो।

 

चीनमा जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सयौं वार्षिकोत्सव मनाइँदैछ। त्यसको एक साताअघि स्वशासित क्षेत्र तिब्बतमा विद्युतीय रेलको उद्घाटन गरिएको हो।

 

निङ्ची सहर भारतको अरूणाञ्चल प्रदेशदेखि नजिकै रहेको छ। अरूणाञ्चलबारे भारत र चीनबीच विवाद छ। एजेन्सी

 

हिमालयन बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने Read Previous

हिमालयन बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

निर्यात ३८ प्रतिशतले वृद्धि, ११ महिनामा १ खर्ब २१ अर्बको सामान बाहिरियो Read Next

निर्यात ३८ प्रतिशतले वृद्धि, ११ महिनामा १ खर्ब २१ अर्बको सामान बाहिरियो