हिमालयन बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

काठमाडौं । हिमालयन बैंक लिमिटेड र ई–कमर्श साइट दराज बीच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहिबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

 

उक्त सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

 

बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितीबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङ्खको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् ।

 

बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन् ।

 

हाल बैंकका देशभरमा ७१ वटा शाखा, ५००० भन्दा बढी पस टर्मिनल, ६०० भन्दा बढी ई-कमर्श मर्चेन्ट तथा १४२ भन्दा बढी एटीएम मेशिनहरु संचालनमा छन् ।

देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा जेटबोट सञ्चालन Read Previous

देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा जेटबोट सञ्चालन

तिब्बतमा ३ हजार मिटर माथि बुलेट रेल संचालन, ४३५ किमी रेलमार्गमा ४७ सुरूङ र १२१ पुल Read Next

तिब्बतमा ३ हजार मिटर माथि बुलेट रेल संचालन, ४३५ किमी रेलमार्गमा ४७ सुरूङ र १२१ पुल