काठमाडौं महानगरपालिकाले ल्यायो १८ अर्ब ९५ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

 

बिहीबार महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

 

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

 

महानगरपालिकाको बजेटमार्फत महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क व्यहोर्न व्यवस्था गरेको छ ।

 

यस्तै, घर धनीले बुझाउने वार्षिक बहाल कर रकमको १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन रकम कम हुन्छ सो रकम छुट दिने व्यवस्था गरिएको छ ।

 

महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि कर वक्यौतामा लाग्ने जरिवान सबै छुट गरेको छ । त्यसैगरी सम्पत्ति करमा ९० प्रतिसतसम्म छुटको व्यवस्था गरेको छ ।

अब सेयर किनबेच गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने Read Previous

अब सेयर किनबेच गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने

थामिएन सेयर बजारको पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी Read Next

थामिएन सेयर बजारको पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी