अब सेयर किनबेच गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने

काठमाडौं । अब सेयर खरिद विक्री गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

हाल सेयर कारोबार गर्दा रहेको न्यूनतम सीमा १ रुपैयाँलाई परिवर्तन गर्दै बोर्डले १० पैसा कायम गर्न लागेको हो । प्रिसेसनमा धितोपत्रको कारोबारमा हुने अस्वभाविक उत्तरुचढावलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

 

यस्तै, बोर्डले प्रिसेसनमा कारोबार गर्दा २ प्रतिशतभन्दा धेरै मूल्य घटाउन/बढाउन नपाउने व्यवस्था गरेको छ । हाल प्रिसेसनमा एकैचोटी ५ प्रतिशत थप/घट गरेर कारोबार गर्न पाउने व्यवस्था छ ।

 

परिवर्तन गरिएका व्यवस्था आवश्यक प्रक्रिया मिलाई नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले कार्यान्वयनमा ल्याउन बोर्डले जनाएको छ ।

 

यी हुन् मोटरसाइकलको लाइसेन्सको लिखित परीक्षामा सोधिन ५०० प्रश्नहरु (प्रश्नसहित) Read Previous

यी हुन् मोटरसाइकलको लाइसेन्सको लिखित परीक्षामा सोधिन ५०० प्रश्नहरु (प्रश्नसहित)

काठमाडौं महानगरपालिकाले ल्यायो १८ अर्ब ९५ करोडको बजेट Read Next

काठमाडौं महानगरपालिकाले ल्यायो १८ अर्ब ९५ करोडको बजेट