निम्बसद्धारा १० लाखभन्दा धेरै मास्क वितरण

काठमाडौं । निम्बसले कोरोना महामारीसँग जुध्न जनताको सेवागर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ ।

 

अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

 

निम्बसको प्रबन्धनिर्देशक आनन्दबगरिया भन्छन्, ‘आफ्नो ज्यानजोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुने सबैजनाप्रतिहामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।’

 

उच्च गुणस्तरको प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशतइथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने प्रोटेक्ट निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो ।

 

निम्बसको यस स्वास्थ्य सामाग्री बाँढ्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपालप्रहरी, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको छ ।

 

‘नेपाल अहिलेको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा धेरै जना अग्रपंक्तिमा रहेर यस संकटबाट हामीलाई बाहिर निकाल्न प्रयासरत हुनुहुन्छ । तर वहाँहरु नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहनुभएको छ । यी अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामाग्रीहरु नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोग गरिरहेको छ । यस सेवाभाव देखाउनुभएकोमा निम्बस परिवारलाई हामी हृदय देखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छा भन्छन् ।

 

कोभिड–१९ को संकटको समयमानिम्बस यस कल्याणकारी कामलाई जारी  कम्पनीले जनाएको छ ।  संगठन र स्वयंसेवकहरुले प्रोटेक्ट मास्क र स्यानिटाइजरको आवश्यकता पर्नेले www.nimbusbazar.com मागएर Donate थिचि अथवा ९७७-९८२८०९१६९१ डायल गरी सम्पर्क गर्न सक्नेछन् ।

 

सडकका लागि छुट्याइएको बजेट आधा मात्रै खर्च, लक्ष्यको जम्मा २६ प्रतिशत कालोपत्र Read Previous

सडकका लागि छुट्याइएको बजेट आधा मात्रै खर्च, लक्ष्यको जम्मा २६ प्रतिशत कालोपत्र

नेपालमा नोकिया जी २० र जी १० लन्च, कति पर्छ मूल्य ? Read Next

नेपालमा नोकिया जी २० र जी १० लन्च, कति पर्छ मूल्य ?