दुई हाइड्रोपावरका लागि ९७ अर्ब लगानी स्वीकृत, ३ आयोजनाको म्याद थप

काठमाडौं । लगानी बोर्डले दुई जलविद्युत् आयोजनाका लागि करिब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । मंगलबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४७औं बोर्ड बैठकले ४२४ मेगावाट बराबरका दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको हो ।

 

लगानी बोर्डका अनुसार २८५ मेगावाटको अपर तमोर हाइड्रोपावर आयोजनाका लागि साढे ६३ अर्ब र १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजनाका लागि करिब साढे ३३ अर्ब बराबरको लगानी स्वीकृत भएको छ ।

 

यस्तै, बैठकले संखुवासभामा निर्माण हुने ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्ने समझदारी–पत्रको मस्यौदा पनि स्वीकृत गरेको छ । उक्त आयोजनाको अध्ययन भारतीय कम्पनी एसजेभीएन लिमिटेड इन्डियाले गर्नेछ ।

 

साथै, बैठकले पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ । तमोर जलाशययुक्त आयोजनाको प्राविधिक समितिको अध्ययन प्रतिवेदन कार्यान्यवन  गर्न स्वीकृति दिएको छ ।

 

यस्तै, बैठकले अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

 

यसैगरी, झापाको दमकमा निर्माण हुने प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क–चाइना नेपाल फ्रेन्डसिप पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ ।

 

त्यस्तै, यस्तै, बैठकले ३ आयोजनाको अध्ययनका लागि म्याद थप गरेको छ ।  बैठकले सम्राट सिमेन्ट इन्डस्ट्री र दाङ सिमेन्ट इन्डस्ट्रीको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) र मुक्तिनाथ केबलकारको डीपीआरका लागि म्याद थप गर्ने निर्णय गरेको छ ।

मन्त्री खान गएका जसपाका नेतालाई सर्वोच्चको झड्का, २० मन्त्रीको पद चैट Read Previous

मन्त्री खान गएका जसपाका नेतालाई सर्वोच्चको झड्का, २० मन्त्रीको पद चैट

असार १७ देखि मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ? Read Next

असार १७ देखि मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?