नेप्सेमा ६३ अंकको पहिरो जाँदा पनि मूल्य बढ्ने यी हुन् १५ कम्पनी

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो गएको हो ।

 

नेप्से आज एकैदिन ६३ अंकले घटेको छ भने पछिल्लो ३ दिनमा मात्रै नेप्से करिब ११५ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक १६ अर्ब हाराहारीमा कारोबरा हुँदै आएकोमा आज पोनै १२ अर्बमा सीमित भएको छ ।

 

आज कारोबारमा आएका २३१ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

६३ अंकले घटेको बजारमा आज कुमारी बैंकका प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ८.६२ प्रतिशत कमाएका छन् । यसैगरी, गोर्खा फाइनान्स ५.४१ प्रतिशत, नेशनल र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

यी हुन् आज सेयर मूल्य बढ्ने कम्पनी

सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताको एकैदिन गुम्यो १ खर्ब सम्पत्ति Read Previous

सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताको एकैदिन गुम्यो १ खर्ब सम्पत्ति

लगानी कोषले ल्यायो पर्यटन क्षेत्रका कर्मचारी लक्षित विशेष सापटी सेवा Read Next

लगानी कोषले ल्यायो पर्यटन क्षेत्रका कर्मचारी लक्षित विशेष सापटी सेवा