कृषि सम्बन्धी सरकारी कार्यक्रम कागजमा मात्रै सीमित

काठमाडौं । कृषि उद्यमीहरुले सरकारले दिने कार्यक्रमहरु कागजमा मात्रै सीमित हुने गरेको बताएका छन् । सरकारले दिने अनुदान तथा तालिम कार्यक्रमहरु सबै कागजमा मात्र सीमित रहेको किसानहरुको गुनासो रहेको हो ।

 

प्रदेश १ इलामका मिस्ट भ्याली चिया उद्यमी सुरेस लिम्बु कृषि विकास बैंकको ऋण सहयोगमा चिया खेती गर्दै आएका छन् । उनले चिया खेतीमा राजनीतिले प्रभाव पारेको बताए । चिया क्षेत्रमा निरीक्षण गरी प्रविधि विकास गर्नुपर्ने भन्दै उनले नेपाली चियालाई अन्तराष्ट्रिय रुपमै प्रवद्धन गर्दै लैजानु पर्ने बताए ।

 

उनले चिया नीति समय सापेक्ष अध्यावधिक नभएकाले आरोप लगाए । चियामा अनुसन्धान नभएको र भए पनि झडकेलो प्रकारको अनुसन्धान भएको बताए । जसका कारण चिया खेतीमा प्रविधिको विकास हुन नसकेको उनको भनाइ छ ।

 

प्रदेश २ महोतरिका माच्छय तथा कृषि पालनकर्ता लक्ष्मीनारायण यादवले ४ बिघाबाट माछा पालन शुरु गरेका हुन् । हाल ४२ बिघा जमिनमा माछा पालन गरिरहेका उनले यो व्यवसायमा ५० प्रतिशत आमदानी हुने गरेको बताए । आमदानी बढेसँगै युवा विदेश पलायन हुनबाट रोकिने उनको भनाइ छ ।

 

सरकारले माछा पालनका लागि जिल्लामै पानी तथा माटो जाँच गर्ने ल्याबको व्यवस्था गरिदिए सहज हुने बताए । बजारीकरणका लागि तौलअनुसारको मूल्य नपाएका कारण किसान पलायन हुन सक्ने भएकाले बजारीकरण सुनिश्चीत्ता गराउन उनले आग्रह गरे ।

 

बागमती प्रदेशका रामकोट एग्रो फामका पुष्प व्यवसायी राजन गिरीले सरकारले ज्ञान केन्द्र मार्फत अनुदान सहुलियत वितरण गरेको राम्रो पक्ष रहेको भए पनि प्रकृया झन्झटिलो भइरहेको बताए । यसमा सरकारको तर्फबाट १ महिनामा २ पटक सम्म अनुगमन गरेर भए पनि राम्रो काम गर्नेलाई अनुदान तथा सहयोग दिनु पर्ने उनले सुझाव छ ।

 

गण्डकी प्रदेश कास्की माछापुच्छ्रे कफी खेती गरिरहेका कलाधार बुङगैले २०५० सालबाट कफी खेती शुुरु गरेका हुन् । उनले कफि खेतीमा ५ गुणा बढि आमदानी हुने बताए । पहाडीभेगमा बादर लाग्ने भएकाले कफि बादरले नखाने खेती, वातावरण मैत्री खेती रहेको बताए ।

 

प्रधानमन्त्री कषि आधुनिकीकरणबाट पकेट हुँदै ब्लक खेती गरिरहेका उनले अनुगमन प्रभावकारी बनाउनु पर्ने बताए । कृषक परिचय पत्र विस्तारमा जोर दिनु पर्ने बताउदै अनुदान सहयोग वास्तविक किसानले पाउनु पर्ने बताए । उत्पादनका आधारमा अनुदान दिए सहज हुने सुझाउँदै उनले प्रभावकारी ऋण सहुलियत र सरल रुपमा पाउने अवस्था सृजना गर्न आग्रह गरे ।

 

लुम्बिनी प्रदेशका अर्गखाची एकिकृत फार्म व्यवसायी यामलाल आचार्य ११ वर्षदेखि कृषि पेसामा संलग्न छन् । १० जनालाई रोजगार दिएर साढे ४ करोड लगानीमा फर्म सञ्चालन गरेका उनले कागती, बाख्रा पालन गर्दै आएका छन् । शिक्षितले खेती नगर्ने, अशिक्षितले कृषि गर्दा कृषि क्षेत्र फस्टाउन नसकेको बताए । विदेश पलायन रोक्न पनि कृषि पेशा निकै उपयोगी रहेको उनको भनाइ छ ।

 

कृषि पेशा शिक्षीत क्षमतावानले गरे कृषिमा समृद्धि प्राप्त गर्न सकिने उनले बताए । कृषि पेशा सम्मानीत बनाउने र यसलाई पर्यटनसँग जोड्नु पर्ने उनको भनाइ छ । अनुदानमा किसानको पहुच नहुँदा नीति कागजमा मात्र सीमित हुने गरेको उनले आरोप लगाए । उनले सरकारी नीति तथा कार्यक्रमहरु कार्यनवयनमा नआउन गरेको बताए । किसानका लागि कृषि ऋण झनजटिलो हुनुका साथै कृषि बीमा किसानलाई नभई बिमा कम्पनीलाई नाफा मात्र रहेको उनका भनाई छ । उनले किसान वर्गिकरण गरि किसानलाई परिचयपत्र वितरण गर्न र व्यवहारिक तालिम गराउन आग्रह गरे ।

 

पशु विभागका वरिष्ट पशु चिकित्सक सुजन राणाले आउँदा दिनमा कृषि पेशा गर्छु भन्ने व्यक्तिका लागि प्रेरणा रहेको बताए । कृषि पेशा शुरु गर्न सानोबाट सुरु गर्दै बढ्दै जान गरेका आग्रहमा उनले समर्थन जनाए । कृषि ऋण र अनुदान, बीमालाई सहज बनाउनु पर्नेमा जोड दिए । कृषक पहिचानलाई छिटै देशभर लागु पर्नु पर्ने उनले औँलाय । बीमाका अफ्ठेरोहरु हटाउदै लैजानु पर्ने बताए । अनुदानलाई सहि ट्रयाकमा नभएको र पारदशिर्ता देखाउन जरुरी रहेको उनले बताए ।

 

नेपाल कृषि अनुसन्धान काउन्सिल (नार्क) कार्यकारी निर्देशक दिपक भण्डारीले समग्रमा किसानको तर्फबाट समस्याका समाधानको उपाय पनि थाहा हुँदा हुदै सामाजिक आर्थिक र जानितिक परिबेसमा कार्यान्वयन नहुँदा यो बढेकोे बताए ।

 

 

९.७ मेगावाटको अप्पर इङ्गवा जलविद्युतमा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने Read Previous

९.७ मेगावाटको अप्पर इङ्गवा जलविद्युतमा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने

३ लघुवित्तको सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर, कुनको भाउ कति ? Read Next

३ लघुवित्तको सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर, कुनको भाउ कति ?