९.७ मेगावाटको अप्पर इङ्गवा जलविद्युतमा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने

काठमाडौं । ९.७ मेगावाटको अप्पर इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने भएको छ ।

 

बैंक र इङ्गवा जलविद्युत लिमिटेडबीच अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

 

९.७ मेगावाट उत्पादन क्षमता रहेको यो आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत अमरपुर सबस्टेसनमा जोडिनेछ ।

 

सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्नेछ । साथै कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको जनाएको छ ।

 

बैंक उर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत) को बिकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको र विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको जनाइएको छ ।

एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन Read Previous

एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन

कृषि सम्बन्धी सरकारी कार्यक्रम कागजमा मात्रै सीमित Read Next

कृषि सम्बन्धी सरकारी कार्यक्रम कागजमा मात्रै सीमित