काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका ३ वटा लघुवित्तको संस्थापक (प्रमोटर) सेयर लिलामी मार्फत विक्रीमा ल्याएको छ । बैंकले आजदेखि ३ लघुवित्तको कम्पनीको ३ लाख ८३ हजार ४३३ कित्ता प्रमोटर सेयर लिलामी विक्री खुला गरेको हो ।
बैंकले मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता, आरएमडीसी लघुवित्तको २ लाख ८६ हजार १९५ कित्ता र महुली सामुदायिक लघुवित्तको ५५ हजार ५७० कित्ता सेयर लिलामीमा ल्याएको हो ।
बैंकले लिलामीमा ल्याएको सेयरमा असार ११गतेसम्म गोप्य शिलबन्दी मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले लगानीकर्ताले मेरो माइक्रोफाइनान्सको न्यूनतम ५७५ रुपैयाँ, आरएमडीसीको ४७७ रुपैयाँ र महुलीको न्यूनतम ७६८ रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ ।
तीनै लघुवित्तको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले ३ वटै कम्पनीको सेयरमा एनआइसी एशिया क्यापिटल बबरमहलमा आइपुग्ने गरी आवेदन दिनु पर्नेछ ।