सरकारलाई सर्वोच्चको अर्को झड्का, ढुंगा, गिटी निकासी नगर्न अन्तरिम आदेश जारी

काठमाडौं । पछिल्लो समय सरकारका गलत काम सच्याउँदै आएको सर्वोच्च अदालतले फेरि अर्को झड्का दिएको छ ।

 

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ल्याएको ढुंगा, गिटी बालुवा निकासी गर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

 

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

 

अध्यादेशमार्फत ल्याइएको बजेटको वक्तव्यको बुँदा नं. १९९ मा अर्थमन्त्री विष्णु पौडेलले व्यापार घाटा कम गर्न ढुंगा, गिटी, बालुवा निकासी गर्ने उल्लेख गरेका थिए । सरकारको सो नीति विरुद्ध सर्वोच्वमा परेका रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

 

साथै, इजलासले सरकारसँग ढुंगा, गिटी निकासी खुला गर्नुको कारण पनि माग गरेको छ । हाल नेपालबाट ढुंगा गिटी निकासी गर्न प्रतिबन्ध भए पनि सरकारले आवश्यक अध्ययन, अनुसन्धान बिनै निकासी गर्ने बाटो खुला गरेको थियो ।

आयल निगमद्वारा मेलम्चीका बाढीपीडितलाई २५० ग्यास सिलिण्डर सहयोग Read Previous

आयल निगमद्वारा मेलम्चीका बाढीपीडितलाई २५० ग्यास सिलिण्डर सहयोग

विदेश जान यी २२ निजी अस्पतालको पीसीआर रिपोर्टले मात्र मान्यता पाउने Read Next

विदेश जान यी २२ निजी अस्पतालको पीसीआर रिपोर्टले मात्र मान्यता पाउने