आयल निगमद्वारा मेलम्चीका बाढीपीडितलाई २५० ग्यास सिलिण्डर सहयोग

काठमाडौं । नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास चुल्हो र खाद्यान्न हस्तान्तरण गरे ।

 

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त सामग्री प्रभावितलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका सयौँ घरमा क्षति पुर्याएको छ । बाढीबाट सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका छन् ।

 

निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ ।

कर्जा विस्तारमा आक्रमक हुँदा ११ बैंकको सीसीडी ८०% नाघ्यो, कुनको कति ? (सूचीसहित) Read Previous

कर्जा विस्तारमा आक्रमक हुँदा ११ बैंकको सीसीडी ८०% नाघ्यो, कुनको कति ? (सूचीसहित)

सरकारलाई सर्वोच्चको अर्को झड्का, ढुंगा, गिटी निकासी नगर्न अन्तरिम आदेश जारी Read Next

सरकारलाई सर्वोच्चको अर्को झड्का, ढुंगा, गिटी निकासी नगर्न अन्तरिम आदेश जारी