थप ६ देशमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुने

काठमाडौं । सरकारले थप ६ देशमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान खुलाउने निर्णय गरेको छ ।

 

कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)लेको बुधबार बसेको बैठकले आगामी सातादेखि थप ६ देशमा नियमित उडान खुला गर्ने निर्णय गरेको हो ।

 

अब धेरै नेपाली श्रमिक रहेका देशहरु टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेशियामा नियमित हवाई उडान पुनः संचालन हुने भएका हुन् ।

 

यी देशहरुबाट सातामा २ हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन्। निषेधाज्ञाकै बीच यसअघि सरकारले चीनलगायत ३ देशमा नियमित हवाई सेवा शुरु गरिसकेको छ ।

 

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टीनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टीनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

छडको मागमा गिरावट, स्टिल उद्योग ३० प्रतिशत क्षमतामा मात्र संचालन Read Previous

छडको मागमा गिरावट, स्टिल उद्योग ३० प्रतिशत क्षमतामा मात्र संचालन

विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई साढे १७ अर्ब दिने Read Next

विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई साढे १७ अर्ब दिने