असार ११ देखि जीवन विकास लघुवित्तको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले असार ११ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ जारी गर्न लागेको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये ३० हजार ४२० लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा असार १५ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै विक्री नभएमा ढिलोमा असार २५ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ । लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

 

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

 

लघुवित्तले हाल देशका १६ वटा जिल्लाका १३६ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

 

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १८३.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५३७.१४ रुपैयाँ रहेको छ ।

लगानीकर्ताको सम्पत्तिमा खेलवाड गर्दै बोर्ड, एकैदिनमा १ खर्ब ८२ अर्ब स्वाहा ! Read Previous

लगानीकर्ताको सम्पत्तिमा खेलवाड गर्दै बोर्ड, एकैदिनमा १ खर्ब ८२ अर्ब स्वाहा !

छडको मागमा गिरावट, स्टिल उद्योग ३० प्रतिशत क्षमतामा मात्र संचालन Read Next

छडको मागमा गिरावट, स्टिल उद्योग ३० प्रतिशत क्षमतामा मात्र संचालन