रोनाल्डोको कारण कोकाकोलाको सेयर मूल्यमा भारी गिरावट, एकैदिन गुमायो साढे ४ खर्ब

काठमाडौं। चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको एउटा कामले कोकाकोलाको सेयर मूल्यमा भारी गिरावट आएको छ ।

 

मंगलबार युरोकपको प्रिम्याच पत्रकार सम्मेलनमा पोचुर्गलका स्टार रोनाल्डोले कोकाकोलाको बोतल हटाएर पानीको बोतल उचालेपछि कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको हो । साथै ब्राण्डमा पनि ठूलो धक्का लागेको जनाइएको छ ।

उक्त घटना पछि युरो कपको ठूलो प्रायोजक समेत रहेको कोकाकालाको सेयर मूल्य गिरावट आएको बताइएको छ । उक्त घटना अघि कोकको सेयर मूल्य प्रति कित्ता ५६.१० अष्ट्रेलियन डलर (करिब ५०५८ रुपैयाँ) रहेको थियो । रोनाल्डोले प्रिम्याचमा कोकको बोतल हटाएपछि सेयर मूल्य १.६ प्रतिशतले घट्दै ५५.२० अष्ट्रेलियन डलर (करिब ४९७५ रुपैयाँ)मा झरेको थियो ।

 

उक्त मूल्य सामान्य घटेको देखिएपनि कोकाकोलाले एकैदिन करिब ५ अर्ब २० करोड अष्ट्रेलियन डलर ( करिब ४ खर्ब ६८ अर्ब रुपैयाँ) रुपैयाँ गुमाएको  दाबी गरिएको छ । – द डेली स्टार

३ दिन नबिल बैंकको सबै सेवा बन्द हुने Read Previous

३ दिन नबिल बैंकको सबै सेवा बन्द हुने

घट्यो डिजिटलमार्फत  हुने भुक्तानी कारोबार Read Next

घट्यो डिजिटलमार्फत हुने भुक्तानी कारोबार