काठमाडौं । नबिल बैंकको सबै बैंकिङ सेवा ३ दिन अवरुद्ध हुने भएको छ ।
बैंकको कोर बैंकिड सिस्टम (सीबीएस) स्तरोन्नती गर्नुपर्ने भएकाले असार ४ गते दिउँसो ४ बजेदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म सबैं बैंकिङ सेवा बन्द हुने भएको हो ।
बैंकको सबै शाखा कार्यालय, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम (क्रेडिटरप्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवा तथा सबै बैंकिङ कारोबार पूर्ण रूपमा बन्द हुने बैंकले जनाएको छ ।