काठमाडौं । वाग्मती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।