निषेधाज्ञाका बीच बैंकहरुले जेठमा गरे ३१ अर्ब कर्जा लगानी

काठमाडौं । निषेधाज्ञाका बीच बैंकहरुले जेठमा ३१ अर्ब कर्जा लगानी गरेका छन् । महामारीकै बेला समग्र अर्थतन्त्र ठप्प जस्तै भए पनिहरुले जेठमा ३१ अर्बको व्यापार गरेका हुन् ।

 

आन्तरिक व्यापार ठप्प भए पनि वैदेशिक व्यापार खुला नै रहँदा बैंकहरुले उक्त रकम बराबरको कर्जा लागनी गर्न सफल भएका हुन् ।

 

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले जेठको चारसाता (२८ गतेसम्म) ३१ अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरुले जेठको पहिलोसाता ६ अर्ब, दोस्रोसाता ९ अर्ब, तेस्रो साता ८ अर्ब र चौथो साता पनि ८ अर्ब ऋण लगानी गरेका हुन् ।

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि सुस्त भएको छ। जेठको शुरुको दुईसाता निक्षेप संकलन सुस्त भए पनि पछिल्लो दुई सातामा बढाएका छन् । बैंकहरुले समग्रमा जेठमा २६ अर्ब निक्षेप संकलन गरेका छन् ।

 

पहिलोसाता ६ अर्ब निक्षेप संकलन गरे पनि दोस्रोसाता ५ अर्ब निक्षेप फिर्ता गरेका थिए भने तेस्रो साता १२ अर्ब र चौथो साता १३ अर्ब निक्षेप संकलन गरेका छन् ।

 

जेठ चौथो सातासम्म बैंकको कुल निक्षेप ३९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी ३६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।

दिगो पूर्वाधारका लागि समावेशीता र शुशासनको मुद्दा चुनौतीपूर्ण Read Previous

दिगो पूर्वाधारका लागि समावेशीता र शुशासनको मुद्दा चुनौतीपूर्ण

३ दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प, बन्द हुन थाले पेट्रोल पम्प Read Next

३ दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प, बन्द हुन थाले पेट्रोल पम्प