मौद्रिक नीतिमा यस्ता ११ व्यवस्था गर्न उद्योग संगठन मोरङको सुझाव

काठमाडौं । पूर्वका व्यवसायीहरुको संगठन उद्योग संगठन मोरङले दियो आगामी मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले गर्नुपर्ने व्यवस्थासहित ११ बुँदे सुझाव दिएका छन् ।

 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आगामी मौद्रिक नीतिका लागि ११ बुँदे सुझाव पठाउँदै उद्योग संगठन मोरङले कर्जाको सीमा बिना सर्त नवीकरण गराउन माग गरेको हो ।

 

कोभिड १९ को पहिलो भेरियन्टबाट प्रभावित भएको उद्योग/व्यवसाय क्षेत्रलाई दोश्रो भेरियन्टले थप प्रभावित वनाएकाले यस क्षेत्रको समग्र हित र पुर्नउत्थानलाई मध्यनजर गरी आगामी मौद्रिक नीति आउनु पर्नेमा अध्यक्ष सुयश प्याकुरेलले जोड दिए ।

 

उनले उद्योग÷व्यवसाय क्षेत्र देशको अर्थतन्त्र र व्यापार घाटालाई सन्तुलनमा ल्याउन महत्वपूर्ण योगदान पुर्याउदै आएकाले कोभिड १९को कारण थला परेका यस क्षेत्रको पुर्नताजकिरणका उद्योग संगठन मोरङको तर्फबाट निम्नानुसारको सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिमा समावेश गर्न नेपाल राष्ट्र समक्ष अनुरोध गरेका छन ।

 

१. कर्जाको वर्तमानको सीमा नवीकरण सम्बन्धमा

 

कोभिड १९ को संक्रमणका कारण धरासायी भएका उद्योग व्यवसायहरुको उत्थानका लागी हाल कायम रहेका सबै प्रकारका उद्योग व्यवसायमा प्रवाह भएको कर्जाको सीमालाई बिना शर्त नविरकण गर्नुका साथै, उद्योग व्यवसायले आयात गर्दा लिएकोे युस डलर टीआर कर्जाको भुक्तानी म्याद अवधी १८० दिन रहेकोमा वर्तमानको कोभिड १९ को असहज अवस्थालाई मध्यनजर गरि असार मसान्तको दिनसम्म आउटस्टेण्डिङ रहेका कर्जाहरुको भुक्तानी गर्ने अवधि ३६० दिन कायम गर्न अनुरोध गरे ।

 

२. पुनरकर्जाका सम्बन्धमा

 

कोभिड १९ ले प्रभावित उद्योग व्यवसाय कृषि, साना, मझौला तथा घरेलु उद्योग समेतलाई सहुलियत दिने उद्देश्यले विस्तार गरिएको पुनरकर्जा कोषको कुल रु २०५ अरब मध्ये गत चैत्र मसान्तसम्म १२३ अरब १४ करोड मात्र लगानी भएकोले उद्योग व्यवसायको राहतका लागी व्यवस्था गरिएको यो कोषको सबै रकम लगानी गरि सहि सदुपयोग गर्नका साथै उत्पादनमुलक उद्योगको हकमा पुनरकर्जाको वर्तमान सीमामा रु १०० करोड थप गरी गत बर्षको पुनरकर्जा सुविधाको कार्यान्वयन उत्पादनमुलक उद्योगको सन्दर्भमा प्रभावकारि हुन नसकोले पुनरकर्जाको निश्चित रकम छुट्टाइ मापदण्ड पुरा गरेका उत्पादनमूलक उद्योगलाई समानुपातिक रुपमा कर्जा वितरण गर्ने व्यवस्था मिलाउन सुझाव दिए ।

 

३. टर्म लोन पेमेन्टलाई पूँजीकरण गर्ने सम्बन्धमा

 

कोभिड १९ को प्रभाव र उद्योग व्यवसायमा छाएको मन्दीका कारण उद्योग व्यवसायले लिएको टर्म लोन अन्तरगतको कर्जा चुक्ता गर्न असहज रहेकोले निशेधाज्ञा र लकडाउन जारी भएको अवधी देखि लकडाउन खुलेको मितिबाट ६ महिनासम्म भुक्तानी गर्नू पर्ने कर्जाको किस्ता र व्याजलाई पूँजीकरण गर्ने व्यवस्था गरी उक्त पूँजिकरण गरिएको कर्जाको भुक्तानी अवधीलाई रिसेडुलिङ गर्न अनुरोध कार्यक्रममा अध्यक्ष प्याकुरेलले अनुरोध गरे ।

 

४. कर्जाको ब्याज छुट तथा किस्ता बुझाउने अवधी थप गर्ने सम्बन्धमा

 

कोभिड १९ को प्रभाव र उद्योग व्यवसायमा छाएको मन्दीका कारण उद्योग व्यवसायले लिएको कर्जाको बैशाख–असारसम्मको ब्याज एवं किस्ता असार मसान्तभित्र बुझाएमा त्यस्तो ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिनुका साथै यस अवधीमा किस्ता एवं व्याज भुक्तानी गर्न नसक्ने उद्योगी व्यवसायीको हकमा त्यस्तो कर्जाको व्याज तथा किस्ता भुक्तानीको समयावधी ६ महिना थप गर्न अनुरोध गरे ।

 

५. डकुमेन्ट अगेन्स्ट पेमेन्ट अन्तरगत आयात गर्ने रकमको सीमाका सम्बन्धमा

 

हालको व्यवस्था बमोजिम डीएपी अन्तरगत आयात गर्दा एक पटकमा अधिकतम अमेरिकि डलर १ लाख बराबरको आयात गर्न सकिने व्यवस्थालाई परिमार्जन गरि एयर सिपिङबाट आयात हुने मालवस्तुको हकमा कुनै पनि सीमा नतोकी पानी जहाज मार्फत सिपिङ भएर आयात हुनेको हकमा एक पटकमा अमेरिकि डलर ४ लाख सम्मको सीमा निर्धारण गर्न अनुरोध गरेका छन ।

 

६. टीटी अन्तरगत आयात गर्ने रकमको सीमाका सम्बन्धमा

 

हालको व्यवस्था बमोजिम त्त् अन्तरगत आयात गर्दा एक पटकमा अधिकतम अमेरिकि डलर २५००० बराबरको आयात गर्न सकिने व्यवस्था रहेको तर सामानको मुल्य आकाशिएको हूदा उक्त रकम पर्याप्त नभएकोले यो सीमालाई परिमार्जन गरि अमेरिकी डलर १ लाखसम्मको आयात गर्न पाउने गरि रकमको सीमा बढनाउनु पर्नेमा जोड सुझाव दिए ।

 

७. क्रेडिट रेटिङको व्यवस्था सम्बन्धमा

 

बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाह गर्दा गरिने क्रेडिट रेटिङको हालको व्यवस्था खर्चिलो तथा झन्झटिलो भएकाले उक्त व्यवस्थालाई परिमार्जन गरि ५ बर्ष वा सो भन्दा बढि अवधी देखि सञ्चालनमा रहेका उद्योगहरुलाई कर्जा प्रवाह गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने, गर्नैपर्ने अवस्थामा रु १५० करोडभन्दा बढिको कर्जामा मात्रै गर्ने व्यवस्था हुनुपर्ने सुझाव दिए ।

 

८. युसान्स एलसीका सम्बन्धमा

 

नेपाल राष्ट्र बैंक विदेशि विनिमय व्यवस्थापन विभागको आयात सम्बन्धी परिपत्र ०१र२०७४ ले नेपालका कुनैपनि बैंकले युसान्स आयात प्रतित पत्रको कागजात एल.सी डकुमेन्ट डिस्काउन्ट गर्न नपाउने व्यवस्था गरिएको छ जुन अव्यवहारिक रहेकाले उद्योग व्यवसायको प्रवर्धनकालागी उत्पादनमुलक उद्योगहरुको लागी आवश्यक पर्ने कच्चापदार्थ तथा मिल मेशिनरी आयातगर्दा खोलिने युसान्स प्रतित पत्रको कागजातमा स्वदेशि बैंकले डिस्काउन्ट गर्न पाउने पहिलेकै व्यवस्था कायम गर्नुपर्नेमा जोड दिए ।

 

९. पेपरलेस बैंकिङ कारोबार सम्बन्धमा

 

२१औं शताब्दीको डिजिटल प्रविधिको युगमा समेत बैकिङ कारोबार प्रणाली परम्परागत कागजी झमेला, तमसुक, भौतिक उपस्थितभई ल्याप्चे लगाउनु पर्ने लगायतका व्यवस्थाहरुलाई डिजिटल माध्यमबाट सरल र प्रविधिमैत्री तर्फ रुपान्तरण गरि सम्पूर्ण बैकिङ कारोबारलाई पेपरलेस वनाउदै ल्याप्चेलाई बायोमेट्रिक प्रयोग गरेर विस्थापन गर्नुपर्ने अध्यक्ष प्याकुरेलले सुझाव दिएका छन ।

 

१०. एमएसएमइ तथा महिला उद्यमी कर्जा प्रवाहलाई सरलिकृत गर्ने सम्बन्धमा

 

लघु घरेलु तथा साना उद्योग, महिला उद्यमी लगायतका क्षेत्रमा प्रवाह गर्नेे सहुलियतपूर्ण कर्जा प्राप्तीमा अझै पनि प्रकृयागत जटिलता रहेको, कागजी प्रकृया पूरा गर्न नसक्दा यस्ता उद्यमीहरुको कर्जामा पहुँच पुग्न नसकेकोले प्रकृयागत जटिलतालाई हटाई सहज र सर्वसुलभ ढंगबाट कर्जा प्राप्त गर्न प्रकृया सरलिकृत गर्नुपर्नेमा जोड दिएका छन ।

 

११. पर्सनल ग्यारेन्टिका सम्बन्धमा

 

प्राइभेट लिमिटेड कम्पनीहरुमा विशुद्ध नीजि लगानी हुने तथा लगानीकर्ताहरुको आफ्नो आफ्नो लगानी हिस्साको दायित्व मात्रै सम्बन्धीत लगानीकर्तामा रहने तर त्यस्तो कम्पनीले कर्जा लिनुपर्दा कर्जा रकमलाई खाम्ने पर्याप्त धितो राख्दा राख्दै पनि सबै लगानीकर्ताहरु र तिनका परिवारका एक एक सदस्यहरुको समेत पर्सनल ग्योरिन्ट लिने वर्तमानको प्रावधानले लगानीकर्ताहरुमा त्रासको वातावरण सिर्जना भएको र अन्ततोगत्वा यस्ले उत्पादनमुलक क्षेत्रमा लगानी निरुत्साहित गरिरहेकाले परिवारका सबै सदस्यहरुको ग्यारेन्टि खोज्ने प्रावधान अविलम्ब हटाइ त्रास र भयमुक्त वातावरण श्रृजना गरि लगानी आकर्षित गर्न अध्यक्ष प्याकुरेलले माग गरेका छन ।

रुरुलाई उछिन्दै माउन्टेन इनर्जी बन्यो दोस्रो धेरै सेयर मूल्य हुने हाइड्रो कम्पनी, कति पुग्यो भाउ ? Read Previous

रुरुलाई उछिन्दै माउन्टेन इनर्जी बन्यो दोस्रो धेरै सेयर मूल्य हुने हाइड्रो कम्पनी, कति पुग्यो भाउ ?

देशकै सबैभन्दा ठूलो कुखुरा फार्म, जहाँ छन् ३ लाख कुखुरा Read Next

देशकै सबैभन्दा ठूलो कुखुरा फार्म, जहाँ छन् ३ लाख कुखुरा