काठमाडौं । माउन्टेन इनर्जी नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये दोस्रो धेरै महँगो सेयर मूल्य हुने कम्पनी बनेको छ ।
आज (११ः१५ बजेसम्म) कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५ बढेर १०४५ पुगेसँगै रुरु जलविद्युत् परियोजनालाई पछिपार्दै दोस्रो महँगो सेयर मूल्य हुने कम्पनी बनेको हो ।
यससाताकोदुई दिनमै माउन्टेनको सेयर मूल्य प्रतिकित्ता १५० रुपैयाँभन्दा धेरैले बढीसकेको छ । यसअघि दोस्रो महँगो सेयर मूल्य रहेको रुरु जलविद्युत्को मूल्य ९७० रुपैयाँ रहेको छ ।
हाल नेप्सेमा सूचीकृत ४० वटा हाइड्रोपार कम्पनीमध्ये राधी विद्युत् कम्पनी सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हो । आज यसको सेयर प्रतिकित्ता ११०० रुपैयाँमा कारोबार भइरहेको छ ।