सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त

काठमाडौं। सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।बैंक सञ्चालक समितिको बिहीबार (जेठ २७ गते) बसेको बैठकले उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त निर्णय गरेको हो ।

 

असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंकले सीईओमा नियुक्त गरेको हो ।पोखरेल वैशाख १८ गतेदेखि सिभिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनी कामु प्रमुख कार्यकारी हुनुअघि पनि सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।

 

पोखरेलसँग करिब ३ दशक लामो बैंकिङ क्षेत्रको अनुभव छ । उनले सन् १९९१ मा तत्कालिन ग्रिण्डलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर शुरु गरेका थिए । चार्टर्डमा उनले करिब १९ वर्ष बिताएका थिए ।

 

त्यसपछि पोखरेलले एनआइसी एशियामा करिब ५ वर्ष, नबिल बैंकमा १ वर्ष काम गरे। उनीसँग ३ वर्ष विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले नबिलबाट छाडेपछि म्यानमारस्थित युनाइटेड अमरा बैंकमा डेढ वर्ष र म्यानमारकै एजीडी बैंकमा पनि डेढ वर्ष काम गरेका थिए ।

ठेक्का ओगटेर काम नगर्ने ठेकेदारमाथि सरकारको एक्शन, पप्पुसहित ८० कम्पनी कालोसूचीमा Read Previous

ठेक्का ओगटेर काम नगर्ने ठेकेदारमाथि सरकारको एक्शन, पप्पुसहित ८० कम्पनी कालोसूचीमा

देशभर आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन Read Next

देशभर आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन