लगानीकर्ता घुमिफिरी हाइड्रोमा फर्किए, यी ११ कम्पनीका सेयरधनी मालामाल

काठमाडौं । सेयर बजारमा झिनो करेक्शन आएको छ । बुधबार दोहोरो अंकले घटेको बजारमा आज न्यून अंकको करेक्शन आएको हो ।

 

प्रफिट बुक गर्ने हाबी हुँदा विक्री चाप बढ्दा बजारमा करेक्शन आएको अनुमान गरिएको छ । सूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ ।

 

बजार घटेको बेला सस्तोमा सेयर उठाउने हाबी हुँदा आज पनि १६ अर्ब बढीको कारोबार भएको छ । यसअघि बैंक र बीमा कम्पनीमा प्रफिट बुक गरेका लगानीकर्ता आज हाइड्रोपावरमा सिफ्ट भएका छन् ।

 

आज सेयर बजार मापक सूचक नेप्से १.८० अंकले घटेर २९४४.७८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ८८.६५ अंकले बढेको छ भने जीवन बीमा समूह २७३.७८ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २२१ कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज एचआइडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको ९९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ५७ करोड र लुम्बिनी विकास बैंक ४५ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

झिनो अंकले घटेको बजारमा आज ११ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । पाँचथर पावर कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

शिवश्री हाइड्रोपावर, ङादी पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, वरुण हाइड्रोपावर, सीईडीर्बी हाइड्रोपावर, अरुण भ्याली, जोशी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र पोखरा फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज आज गोर्खा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.२५ प्रतिशत गुमाएका छन् ।

सिटिजन्सको विशेष सभाले पारित गर्‍यो सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव Read Previous

सिटिजन्सको विशेष सभाले पारित गर्‍यो सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव

प्रधानमन्त्री ओलीले गरे १८ औं पटक मन्त्रिमण्डल विस्तार, यी हुन् उनका सारथीहरु Read Next

प्रधानमन्त्री ओलीले गरे १८ औं पटक मन्त्रिमण्डल विस्तार, यी हुन् उनका सारथीहरु