रोकिएन सेयर बजारको ओरालो यात्रा, काराेबार र सूचक दुवैमा गिरावट

काठमाडौं । तीन महिनादेखि लगातार ओरालो लागेको सेयर बजारमा पहिरो जाने क्रम अझैं रोकिएको छैन । पछिल्लो समय विवादमा आएको भारित औसत विधिबाट लाभकर गणना गर्ने सम्बन्धी समस्या समाधान नहुँदा बजार झनै शिथिल बन्दै गएको छ ।

 

गतहप्ता अर्थ समितिले बैंकलाई तत्काल ब्रोकरको लाइसेन्स दिन रोक्न निर्देशन दिएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ ।

 

आइतबार सेयर बजार सूचक मापक नेप्से ९.२० अंकले घटेर १२१४.८३ अंकमा आइपुगेको छ । आज १६० कम्पनीको ३२ करोड ९५ लाख २७ हजार ९१५ रुपैयाँमा कारोबार भएको छ । ११ लाख १ हजार ७७६ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

 

आज कारोबार भएका ११ समूहको सूचक मध्ये उत्पादन समूह बाहेक अन्य सबै समूहको सूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको समूहको सूचक ८७.४२ अंकले घटेको छ । वाणिज्य बैंक समूह ४.२५ अंकले घटेको छ ।

 

आज कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । यसको २ करोड ४५ लाख ३४ हजार ४५६ रुपैयाँको कारोबार भएको हो ।

 

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्तको मूल्य ९.८५% ले बढेको छ भने गुराँस लघुवित्तको सबैभन्दा धेरै ४.७५% ले घटेको छ ।

चीनद्धारा सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु, बीआरआइमार्फत नेटवर्क हब बन्दै नेपाल Read Previous

चीनद्धारा सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु, बीआरआइमार्फत नेटवर्क हब बन्दै नेपाल

चालु वर्ष ४० जिल्लामा विद्युत्तीकरण गरिने Read Next

चालु वर्ष ४० जिल्लामा विद्युत्तीकरण गरिने