चीनद्धारा सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु, बीआरआइमार्फत नेटवर्क हब बन्दै नेपाल

छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्गको निर्माण हिजो शनिबारबाट शुरु गरेको छ । रेलमार्गको दूरी ५ सय ४० किलोमिटर हुनेछ । चीनले सात वर्षमा उक्त रेलमार्ग बनाइसक्ने अनुमान गरेको छ ।

 

केरुङ रेलमार्ग लामो समय देखि तिब्बत सरकारको प्राथमिकतामा परेको थियो । नेपालको पनि यो रेलमार्गमा निकै चासो रहेको छ । केरुङमा रेल आएपछि काठमाडौंमा रेल ल्याउन सहज हुने विश्वास नेपालले लिएको छ ।

 

चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआइ) परियोजनामा नेपालले उत्साहपूर्ण सहभागिता जनाइरहनुको मुख्य कारण पनि रेलमार्ग चीन र भारतसँग जोड्नु र अन्य व्यवसायीक ढोकाहरु खोल्नु नै हो ।

 

काठमाडौं–रसुवागढी रेलमार्ग ७२ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यसैगरी, रसुवागढी देखि केरुङसम्मको दूरी २५ किलोमिटर छ ।

 

 

नेपालको पूर्वाधार विकास र बीआरआइ

 

 

हाल चीनसँग जोडिएका नेपालका नाकाहरुको पूर्वाधारको अवस्था नाजुक छ । त्यसैले यस्ता पूर्वाधारहरुको स्तरोन्नतीको लागि लगानी जुटाउनका पनी नेपालले उत्साहजनक ढंगले बीआरआईमा सहभागिता जनाएको हो । साथै, नेपालले अन्य पूर्वाधारमा लगानीको लागि पनि एसियाली पूर्वाधार विकास बैंकमा सहभागिता जनाएको हो ।

 

एसियाली पूर्वाधार विकास बैंकको समेत नेपाल संस्थापक सदस्य रहेको छ । यो बैंकको लक्ष्य भनेकै बीआइआरको परियोजनामा लागानी गर्नु हुनेछ ।

 

नेपालले अन्य विभिन्न परियोजनामा लगानी गर्न प्रस्ताव पेश गरेको छ । जसमध्ये प्रशारण लाइन, जलविद्युत्त परियोजना, शहरी भौतिक पूर्वाधार विकास जस्ता परियोजनाका लागि एसियाली पूर्वाधार विकास बैंकसँग प्रस्ताव पेश गरेको छ ।

 

 

पूर्व मुख्यसचिव एवं हाल चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले नेपाल अध्ययन केन्द्रले प्रकाशन गरेको पुस्तकमा लेखेका छन्, ‘चीनसँग अहिल ३०००–४००० अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ । यती ठूलो लगानीयोग्य पूँजी संसारको अरु देशसँग नै छैन ।’

 

उनी चीनले पूर्वाधारको क्षेत्रमा हासिल गरेको अदभूत सफलताको कारणले पनि नेपाल जस्ता विकसिल देशलाई बीआरआइ आवश्यक ठान्छन् ।

 

नेपालका राष्ट्रपतिको सन् २०१९ अप्रिल २४ देखि मे २ सम्म भएको ८ दिने चीनको राजकीय भ्रमणमा २९ अप्रिलमा यातायात तथा परावहन सम्झौता कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेकी थिइन् ।

 

के हो बीआरआई परियोजना ?

 

संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनका राष्ट्रपति सि जिनफिङले सन् २०१३ सेप्टेम्बरमा कजाकिस्तानको नाजारवाएभ विश्वविद्यालयमा पहिलो पटक ‘सिल्करोड’ वा रेशममार्ग आर्थिक करिडोर विकास गर्ने कुरा गरेका थिए ।

 

बीआरआइबाट नेपालले दीर्घकालिन र मध्यकालीन लाभ उठाउने गरी सोच्नु पर्दछ । चीन र भारत जोडने सबैभन्दा छोटो दूरी नेपालबाट बन्न सक्छ । नेपालको औसत चौडाई १ सय ५० किमि मात्र छ ।

 

लगत्तै अक्टोवरमा इन्डोनेशियाको संसदलाई सम्बोधन गर्दै उनले एक्काइसाैं शताब्दीको समुद्री मार्ग र एशियाली पूर्वाधार विकास बैंक स्थापना गर्ने कुरा उठाएका थिए ।

 

बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआइ) विश्व कै महत्वकांक्षी परियोजना हो । हालसम्म संसार भर करिब ६५ देश यो परियोजनामा संलग्न भइसकेका छन् ।

 

यो चीनबाट रेल, सडक तथा समुद्री मार्ग बाट एसिया, युरोप, अफ्रिका तथा दक्षिण अमेरिकासम्म जोड्ने परियोजना हो । जहाँ ग्यासका पाइप लाइन, रेलमार्ग, वन्दरगाहा तथा अन्य परियोजनाहरु सञ्चालन हुने छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले आफ्नो अघिल्लो कार्यकारलमा सन् २०१६ मार्च २१ मा दुई देशबीच यातायात तथा पारवाहन सम्झौता गरेका थिए ।

 

सन् २०१७ मे १२ मा नेपालले ‘ओविओआर’ (वान बेल्ट वान रोड) सम्झौतामा हस्ताक्षर गर्यो । नेपालले यसका परियोजनामा सक्रियतापूर्वक सहभागीता जनाउँदै आएको छ ।

 

बीआरआइ परियोजनामा विश्वको ३० प्रतिशत भन्दा बढि जीडीपीको (कुल ग्राहस्थ उत्पादन) हिस्सा ओगट्ने देशहरु संलग्न भएका छन् । विभिन्न परियोजनामा चीन–पाकिस्तान आर्थिक करिडोर, न्यू–युरोसिया ल्याण्ड ब्रिज, चीन मध्य एशिया–पश्चिम आर्थिक करिडोरलगायत छन् ।

 

चीन–मंगोलिया–रुस आर्थिक करिडोर, बङगालादेश–चीन–भारत–म्यानमार तथा चीन–इन्डो चाइना प्रायद्धिप जस्ता सडक करिडोर निर्माण तर्फ अघि बढिरहेको छ ।

 

नेपाल र बीआरआइ परियोजना

 

नेपालले यस परियोजनाबाट कसरी फाइदा उठाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुले विभिन्न मञ्चमा आफ्ना धारणा राख्ने गरेको पाइन्छ ।

 

बीआरआइबाट नेपालले दीर्घकालिन र मध्यकालीन लाभ उठाउने गरी सोच्नु पर्दछ । चीन र भारत जोडने सबैभन्दा छोटो दूरी नेपालबाट बन्न सक्छ । नेपालको औसत चौडाई १ सय ५० किमि मात्र छ ।

 

नेपालले निर्माण गरिरहेको उत्तर–दक्षिण नदी कोरिडोरहरुले पनि यो परियोजनाबाट लाभ लिन सहयोग पुर्याउँछ ।
नेपाल र चीन बीच हाल रसुवागढी–केरुङ्ग तथा तातोपानी–खासा नाका तथा आंशिक रुपमा कोरला नाका पनि

 

सञ्चालनमा छन् । नेपालको पूर्व ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुलासम्म १ हजार १ सय ५० किमि लम्बाइ र २६ भञ्ज्याङहरु चीनको सिमासँग जोडिएका छन् ।

 

पूर्वको चुम्बी भ्यालीबाट भारतको नाथुला भञ्ज्याङ्ग ३१ किमि मात्रै छ । यहाँनेर नेपालले बुझ्नु पर्ने कुरा के छ भने यदि चिनियाँ रेल नाथुला भञ्ज्याङ्ग भएर भारत प्रवेश गर्यो भने नेपालको बाटो भएर चिनियाँ रेल भारतको सिमासम्म नपुग्न सक्छ । यस्तो अवस्थामा नेपालले बीआरआइबाट अपेक्षित लाभ पाउँदैंन ।

 

भारत हालसम्म बीआरआइमा औपचारिक रुपमा सहभागी भएको छैन । नाथुला पास सहजै सञ्चालन हुनका लागि केहि प्रतिकुलता भने रहेको छ ।

 

उत्तर–दक्षिण सडक विकासले एकातर्फ नयाँ आयोजनामा लागानीको वातावरण बनाउँछ भने अर्कोतर्फ ऊर्जा सञ्जालले विद्युत्त आयात–निर्यातको ढोका उत्तर तर्फ पनि खोल्छ ।

 

चीन र भारतबीच दोक्लाम विवाद, भारतको तल्लो भाग, जहाँ बंगलादेश नेपालबीचमा साघुँरो भाग (चिकन नेक) को संवेदनशीलता जस्ता कारणले पनि चिनियाँ रेलको यात्रा सहज भने छैन ।

 

अर्काे तर्फ, नेपाल नाथुला भञ्ज्याङ्गको उचाई ४ हजार २ सय ९६ मिटर छ भने केरुङ्गको उचाई २६ सय मिटर र कोदारी पासको २३ सय मिटर मात्र छ ।

 

विभिन्न विज्ञहरुको भनाइलाई आधार मान्ने हो पनि चिनियाँहरु नेपालको भूमिबाट भारतसँग रेलबाट जोड्न चाहन्छ ।
नेपाल सरकारले पनि केरुङ्ग–काठमाडाैं रेलमार्गलाई अगाडी बढाएको छ भने रक्सौल–काठमाडाैं रेलका लागि निजगढ–काठमाडाैं द्रुतमार्गकै रुट भएर अनुसन्धान थालिएको पनि रेल विभाग जनाएको छ ।

 

उत्तर दक्षिण बनेका सडक करिडोरले पनि बीआरआइमा जोडिन सहजता प्रदान गर्छ । नेपालले चीनसँग ऊर्जा तथा अप्टिकल फ्राइबर सञ्जाल जोडिन सहमति गरेको छ ।

 

नेपाल अध्ययन केन्द्रले प्रकाशन गरेको पुस्तकमा योगेन्द्र शाही लेख्छन्, ‘उत्तर–दक्षिण सडक विकासले एकातर्फ नयाँ आयोजनामा लागानीको वातावरण बनाउँछ भने अर्कोतर्फ ऊर्जा सञ्जालले विद्युत्त आयात–निर्यातको ढोका उत्तर तर्फ पनि खोल्छ ।’

 

क्विनगाई र सिचुवानमा भइरहेको व्यापक औद्योगिकीकरणका कारण आवश्यक पर्ने विद्युत निर्यातको बाटो बन्ने सक्ने आंकलन पनि विज्ञहरुले गरेका छन् ।

 

चिनियाँहरु विशेषत रेशम मार्गको रणनीति भित्र आफ्ना छिमेकीसँग ‘मित्रता’, ‘इमान्दारीता’, ‘आपसी लाभ’ तथा ‘समावेशिता’ जस्ता मूलभूत विषयलाई आधार मानेर अघि बढेको देखिन्छ ।

विद्युत प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने Read Previous

विद्युत प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने

रोकिएन सेयर बजारको ओरालो यात्रा, काराेबार र सूचक दुवैमा गिरावट Read Next

रोकिएन सेयर बजारको ओरालो यात्रा, काराेबार र सूचक दुवैमा गिरावट