सगरमाथा क्षेत्रका ३ जिल्ला समेट्ने गरी बृहत् चक्रपथ बन्ने, ४२ करोड विनियोजन

सांकेतिक तस्वीर

काठमाडौं । सरकारले स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ ।

 

माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई व्यवस्थित एउटै सडक सञ्जालमा जोड्ने उक्त आयोजना निर्माणका लागि आगामी वर्ष काम गर्नेगरी सरकारले ४२ करोड बजेट विनियोजन गरेको हो ।

 

स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि बजेट विनियोजन भएको प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए ।

 

नयाँ आर्थिक वर्ष शुरु भए लगत्तै आयोजना निर्माणको काम अघि बढ्ने र यसले माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्लाको समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ । मन्त्री गुरुङले भने, ‘४२ करोड बजेटले काम अघि बढ्दै गर्छ थप बजेट हामी व्यवस्थापन गर्छौँ ।’

 

ओखलढुङ्गा सदरमुकामबाट शुरु हुने स्वर्ण सगरमाथा वृहत चक्रपथ सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खोटाङ सदरमुकाम दिक्तेलबाट फेरी ओखलढुङ्गा जोडिने छ ।

सीईडीबी हाइड्रोपावरको आइपीओ भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

सीईडीबी हाइड्रोपावरको आइपीओ भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?

कोरोनाले शिथिल भारतीय अर्थतन्त्र ‘यू’ आकारमा रिकभर हुने Read Next

कोरोनाले शिथिल भारतीय अर्थतन्त्र ‘यू’ आकारमा रिकभर हुने