सीईडीबी हाइड्रोपावरको आइपीओ भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

 

कम्पनीले मंगलबार संस्थापक लगानीकर्ताको ५८ लाख ७५ हजार ८७० कित्ता र सर्वसाधरणतर्फको २५ लाख १८ हजार २३० कित्ता गरी कुल ८३ लाख ९४ हजार १०० कित्ता नेप्सेमा सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको सेयर कारोबारका लागि नेप्सेले १३८.७९ रुपैयाँदेखि ४१६.३७ रुपैयाँ ओपनरेञ्ज तोकेको छ । यसकै बीचमा रहेर पहिलो कारोबार खुल्नेछ ।

 

कम्पनीले वैशाख १७ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा गोलाप्रथाबाट भाग्यमानी २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने ४ जनाले थप १र१ कित्ता सेयर पाएका थिए ।

 

कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।

विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेले बनायो नयाँ कीर्तिमान, यी ३४ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेले बनायो नयाँ कीर्तिमान, यी ३४ कम्पनीका लगानीकर्ता मालामाल

सगरमाथा क्षेत्रका ३ जिल्ला समेट्ने गरी बृहत् चक्रपथ बन्ने, ४२ करोड विनियोजन Read Next

सगरमाथा क्षेत्रका ३ जिल्ला समेट्ने गरी बृहत् चक्रपथ बन्ने, ४२ करोड विनियोजन