राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र विक्री खुला, कति कित्ता भर्ने ?

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले आजदेखि साढे २ अर्ब रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ ।

 

बैंकले ६ वर्ष अवधिको ‘८.५ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८३ ‘ नामक ऋणपत्र विक्रीमा ल्याएको हो । उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइन्छ ।

 

निष्काशन भएको २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत (१५ लाख कित्ता) बैंकले व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुलाई विक्री गर्नेछ । बाँकी १० लाख कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पााउनेछन् ।

 

बैंकको ऋणपत्रमा जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

अब निषेधाज्ञामा पनि इ-कमर्श व्यवसाय संचालन गर्न पाउने, सर्वोच्चले खुलाइ दियो बाटो Read Previous

अब निषेधाज्ञामा पनि इ-कमर्श व्यवसाय संचालन गर्न पाउने, सर्वोच्चले खुलाइ दियो बाटो

अब सेवानिवृत्त कर्मचारीको पेन्सन सीधै बैंक खातामा Read Next

अब सेवानिवृत्त कर्मचारीको पेन्सन सीधै बैंक खातामा