अब सेवानिवृत्त कर्मचारीको पेन्सन सीधै बैंक खातामा

काठमाडौं । सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम सीधै आफ्नो बैंक खातामा आउने भएको छ ।

 

महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने प्रणाली शुरु गरेको हो ।

 

महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनुसार यसबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी २ लाख ७६ हजार सेवानिवृत्त कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् । उक्त प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठूलो सहयोग पुग्नेछ ।

 

उनका अनुसार समयभित्र निवृत्तिभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्नेछ । निवृत्तिभरण पाउने व्यक्तिले अब छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र विक्री खुला, कति कित्ता भर्ने ? Read Previous

राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र विक्री खुला, कति कित्ता भर्ने ?

६० वर्ष माथिकालाई खोप लगाउन शुरु, कुन-कुन ठाउँमा छन् खोप केन्द्र ? Read Next

६० वर्ष माथिकालाई खोप लगाउन शुरु, कुन-कुन ठाउँमा छन् खोप केन्द्र ?