काठमाडौं । आजदेखि चीनसहित ३ देशमा नियमित अन्तर्राष्ट्रिय उडान संचालन हुने भएको छ ।
जेठ १३ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार आजदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खुल्ने भएको हो ।
अब यी तीनै देशमा सातामा एकरएक वटा नियमित उडान हुनेछ । अहिले भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ ।
सरकारले वैशाख २३ गतेदेखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।