हिमालयन रिले पायो नयाँ पुर्नबीमा कम्पनी खोल्न अनुमति, को-को छन् प्रमोटर सेयर होल्डर ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले नयाँ पुनर्बीमा कम्पनी खोल्न अनुमति पाएको छ । नियामक निकाय बीमा समितले हिमालयनलाई अनुमति दिएको स्रोतले जानकारी दिएको छ ।

 

नयाँ पुनर्बीमा कम्पनीको इजाजतका लागि ५ कम्पनीले आवेदन दिएकोमा हिमालयनलाई योग्य ठहर गर्दै समितिले अनुमति दिएको हो । । लाइसेन्सका लागि हिमालयनसहित अन्नपूर्ण रि, काठमाडौं रि, प्रडेन्सियल रि, जेन्युन रिले समितिमा आवेदन दिएका थिए ।

 

हिमालयनको रि इन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब हुने जनाइएको छ । जसमा कम्तीमा ३० देखि ४० प्रतिशत सर्वसाधरण र ६० देखि ७० प्रतिशत संस्थापकको सेयर हिस्सा रहने जनाइएको छ ।

 

कम्पनीको संस्थापकमा शंकर ग्रुपका साहिल अग्रवाल, सुलभ अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड लगायत व्यापारीक घरानाको लगानी रहने छ ।

 

यस्तै,  यसमा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेको सुशील भट्टका दाजु दीपक भट्टलगायतको समेत लगानी रहेको बताइएको छ ।साथै,सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले पनि लगानी गर्ने बताइएको छ ।

निषेधाज्ञामा खाद्यान्न जोहो गर्न सक्नु भएन ? यी संस्थामा सम्पर्क गर्नुस् निःशुल्क दिन्छन् Read Previous

निषेधाज्ञामा खाद्यान्न जोहो गर्न सक्नु भएन ? यी संस्थामा सम्पर्क गर्नुस् निःशुल्क दिन्छन्

नेप्सेमा उच्च अंकको करेक्शन, यी ३ कम्पनीका लगानीकर्ता भने मालामाल Read Next

नेप्सेमा उच्च अंकको करेक्शन, यी ३ कम्पनीका लगानीकर्ता भने मालामाल