नेप्सेमा उच्च अंकको करेक्शन, यी ३ कम्पनीका लगानीकर्ता भने मालामाल

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार उकालो लाग्दै आएको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब साढे ३ अर्बले घटेर साढे १३ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको १३ अर्ब ५७ करोड ३७ लाख २२ हजार ६२० रुपैयाँ बराबरको ३ करोड १ लाख ३ हजार ३२६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३८०.८८ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये जम्मा ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ९० करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा लुम्बिनी विकास बैंक ३९ करोड र एचआइडीसीएल ३२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

उच्च अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । राधी विद्युत् कम्पनी र सेन्टर फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।यस्तै, नारायणी विकास बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज वरुण हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

हिमालयन रिले पायो नयाँ पुर्नबीमा कम्पनी खोल्न अनुमति, को-को छन् प्रमोटर सेयर होल्डर ? Read Previous

हिमालयन रिले पायो नयाँ पुर्नबीमा कम्पनी खोल्न अनुमति, को-को छन् प्रमोटर सेयर होल्डर ?

नर्भिकले ल्यायो सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’, कुन प्याकेजको कति ? Read Next

नर्भिकले ल्यायो सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’, कुन प्याकेजको कति ?