राधी विद्युत् कम्पनीले १४७ प्रतिशत हकप्रद ल्याउने

काठमाडौं । राधी विद्युत् कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न १४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१.४७ अनुपातमा हकप्रद जारी गर्न आगामी वार्षिक साधरण सभामा विशेष प्रस्ताव लैजाने भएको हो ।

 

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३६.५ प्रतिशत बोनस वितरणपछि कायम हुने चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १४७ प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९३ करोड ३५ लाख ७६ हजार रुपैयाँ बराबरको ९३ लाख ३५ हजार ७६० कित्ता हकप्रद जारी गर्ने भएको हो ।

 

राधी अहिले नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी समेत हो । आइतबार यसको सेयर प्रतिकित्ता ११९९ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

प्रधानमन्त्री कृषि परियोजना 'जोन' थपेकोथप्पै, कार्यान्वयन फितलो हुँदा उत्पादन घट्दै Read Previous

प्रधानमन्त्री कृषि परियोजना 'जोन' थपेकोथप्पै, कार्यान्वयन फितलो हुँदा उत्पादन घट्दै

व्यवसाय पुनरूत्थान र लगानी विस्तारका अधिकांश कार्यक्रम बजेटले समेटेको छ :  महासंघ Read Next

व्यवसाय पुनरूत्थान र लगानी विस्तारका अधिकांश कार्यक्रम बजेटले समेटेको छ : महासंघ