काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेकको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरकारले वृद्धभत्ता वृद्धि गरी ४ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, एकल महिला, अपांगभत्ता पनि ३३ प्रतिशतले वृद्धि गरेको छ ।
सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।