आर्थिक वृद्धिमा आधाभन्दा बढी योगदान कृषि, व्यापार र निर्माणको

काठमाडौं । चालू आथिक वर्षको आर्थिक वृद्धिमा आधाभन्दा बढी योगदान तीन क्षेत्रको रहेको छ ।

 

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्षक २०७७/७८ को आर्थिक सर्वेक्षणका अनुसार अर्थतन्त्रमा ५० प्रतिशतभन्दा बढी योगदान कृषि, खुद्रा व्यापार तथा गाडी मर्मत र निर्माण क्षेत्रको रहेको छ ।

 

चालू आवमा सबैभन्दा धेरै थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको योगदान २०.१७ प्रतिशत, कृषि, वन र मत्स्यपालनको २०.१५ प्रतिशत र निर्माण क्षेत्रको ८.३६ प्रतिशत योगदान रहेको छ ।

 

त्यसैगरी, वित्तीय तथा बीमाको ८.३६ प्रतिशत, यातायात तथा भण्डारणको ८.२४ प्रतिशत र घरजग्गा कारोबारको ५.५३ प्रतिशत योगदान रहेको सर्वेक्षणमा उल्लेख छ ।

 

अर्थतन्त्रका अन्य मुख्य योगदानकर्तामा शिक्षा ५.४२ प्रतिशत, उत्पादनमुलक उद्योग ५.३३ प्रतिशत, सार्वज्निक प्रशासन ४.३२ प्रतिशत र आवास तथा भोजन ३.२९ प्रतिशत छन् ।

१८ सार्वजनिक संस्थान घाटामा, नाफा घटे पनि गत वर्षकोभन्दा ४९% धेरै लाभांश  बाँडे Read Previous

१८ सार्वजनिक संस्थान घाटामा, नाफा घटे पनि गत वर्षकोभन्दा ४९% धेरै लाभांश बाँडे

जीडीपीमा कृषिको हिस्सा घट्दै, चालू वर्षमा २५.८ प्रतिशत रहने अनुमान Read Next

जीडीपीमा कृषिको हिस्सा घट्दै, चालू वर्षमा २५.८ प्रतिशत रहने अनुमान