नेपाल लाइफको सचेतनामूलक भिडियो सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।

 

कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौं’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ ।

 

यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ ।

 

भोलीका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।

 

सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ठ भिडियो बनेको छ । हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ । पुष्कर महतोको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन् ।

 

साथै सन्तोष दवाडीले सम्पादन गरेकोे भिडियो अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ । उक्त भिडियो पोष्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका छन् ।

साढे २ करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट, फोरजी प्रयोगकर्ता ७६ लाख Read Previous

साढे २ करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट, फोरजी प्रयोगकर्ता ७६ लाख

सेयर बजार परिपक्व बनाउने राष्ट्र बैंकको कदम : 'लङट्रम इन्भेष्टर'लाई फाइदा, ट्रेडरलाई झड्का Read Next

सेयर बजार परिपक्व बनाउने राष्ट्र बैंकको कदम : 'लङट्रम इन्भेष्टर'लाई फाइदा, ट्रेडरलाई झड्का