काठमाडौं । अब सरकारी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले दिउँसोको समयमा चलाउन नपाउने भएका छन् ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी चाप नघटेको भन्दै सवारीसाधन संचालनमा कडाइ गर्दै यस्तो निर्णय गरेका हुन् ।
अब सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान र साँझको समयमा मात्र चलाउन पाउने छन् । बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।
हाल जारी निषेधाज्ञाको अवधि १ हप्ता थप गर्दै जेठ २० गतेसम्म लम्ब्याइएको छ । निषेधाज्ञा लागू गरिएको झन्डै १ महिनासम्म पनि संक्रमण नघटेको भन्दै उपत्यकाका जिल्ला प्रशासनले आवतजावतमा कडाइ गरेका हुन् ।