काठमाडौंमा निषेधाज्ञा थप एक साता लम्ब्याइयो, खाद्यान्न पसल पनि खोल्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा जेठ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

 

उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद जेठ १३ गते राति १२ बजेसम्म लम्ब्याइएको थियो ।

 

निषेधाज्ञाको समयवधि थपिएको यो तेस्रो पटक हो । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको समायवधि २२ सम्म तोकिएको थियो । पहिलोपटक म्याद थप्दै वैशाख २९ सम्म लम्ब्याइएको थियो भने दोस्रो पटक म्याद थप्दै जेठ १३ सम्म लम्ब्याइएको थियो ।

 

अबको निषेधाज्ञा अहिलेकोभन्दा थप कडा हुने जनाइएको छ । खाद्यान्नका पसल र तथा डिपार्टमेन्ट स्टोर पनि खोल्न पाइने छैन । यद्यपि, तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने छ ।

 

अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने, यस्तो छ नयाँ व्यवस्था Read Previous

अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने, यस्तो छ नयाँ व्यवस्था

अब सरकारी र बैंकका कर्मचारीले दिउँसो गाडी चलाउन नपाउने, यो समयमा मात्र पाउने Read Next

अब सरकारी र बैंकका कर्मचारीले दिउँसो गाडी चलाउन नपाउने, यो समयमा मात्र पाउने