महालक्ष्मी विकास बैंकले ल्यायो ‘वैभब बचत खाता’ योजना, यस्ता छन् अफरैअफर

काठमाडौं । महालक्ष्मी विकास बैंकले आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ ।

 

बैंकले २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा यस्तो योजना ल्याएकोहो । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्पmत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।

 

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागि शत् प्रतिशत छुट प्रदान गरीएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आइपीएसको सुविधा पनि रहेको छ ।

 

बैंकले यस विषम परिस्थितिमा ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

करिब ६ लाखले पाउने इन्स्योरेन्सको आइपीओ आउँदै Read Previous

करिब ६ लाखले पाउने इन्स्योरेन्सको आइपीओ आउँदै

सेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान Read Next

सेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान