करिब ६ लाखले पाउने इन्स्योरेन्सको आइपीओ आउँदै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

 

कम्पनीले आगामी जेठ ३१ हुने साधरण सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय लैनचौर, काठमाडौंमा हुनेछ ।

 

कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव गत वर्ष नै पारित गरे पनि धितोपत्र बोर्डमा आवेदन दिएको थिएन । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

 

कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब कायम गर्न सर्वसाधारणमा सेयर जारी गर्ने  भएको हो । हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब पुग्नेछ भने संस्थापक साधारण शेयर स्वामित्व अनुपात ७०ः३० प्रतिशत कायम हुनेछ।

 

आइपीओ निष्काशन गर्न कम्पनीले सिभिल क्यापिटललाई शेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

चीनले लगायो कोरोनाको ५० करोड डोज खोप, विश्वका कुन देशमा कतिले लगाए ? Read Previous

चीनले लगायो कोरोनाको ५० करोड डोज खोप, विश्वका कुन देशमा कतिले लगाए ?

महालक्ष्मी विकास बैंकले ल्यायो 'वैभब बचत खाता' योजना, यस्ता छन् अफरैअफर Read Next

महालक्ष्मी विकास बैंकले ल्यायो 'वैभब बचत खाता' योजना, यस्ता छन् अफरैअफर