उदयपुर सिमेन्टको १४ वर्षपछि साधरण सभा हुँदै, ३.३८ अर्बको साधरण सेयर जारी गर्ने

काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले १४ वर्षपछि वार्षिक साधरण सभा बोलाएको छ ।

 

कम्पनीले यही जेठ ३० गते एकैसाथ २०औंदेखि ३३औं वार्षिक साधारणसभा बोलाएको छ । साधरण सभा समीक्षालय हल, जलजले उदयपुरमा राखिएको भए पनि कोरोनाका कारण भिडियो कन्फ्रेन्स (भर्चुअल माध्यम) मार्फत गरिने कक्पनीले जनाएको छ ।

 

उद्योगले साधारणसभामा सर्वसाधारणमा सेयर (आइपीओ) जारी गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । उद्योगले हाल कायम रहेको ऋण तिर्न साधरण सेयर जारी गर्ने भएको हो ।

 

उद्योगले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रुपैयाँ बराबरको साधरण सेयर जारी गर्ने जनाएको छ । उद्योगको नाममा रहेको १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सावाँ र १ अर्ब ६६ करोड ९ लाख २० हजार २०० रूपैयाँ ब्याज तिर्न सो रकम बराबरको सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

 

यस्तै, उद्योगले हालको अधिकृत पूँजी ४ अर्ब रूपैयाँबाट वृद्धि गरी १० अर्ब कायम गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

 

त्यस्तै सभामा, आर्थिक वर्ष २०६४ देखि २०७७ सम्मको वार्षिक वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्नेलगायतका विषयहरुलाई पनि एजेन्डाको रुपमा लैजाने भएको छ ।

 

उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने नियुक्त भएर आएसँगै ४ महिनामै उनले सुधारका प्रययासहरु गरेका छन् । विशेषगरी उत्पादनको गुणस्तर, विक्री वितरणको सही व्यवस्थापन, कर्मचारीको हितलाई उचित सम्बोधन तथा व्यवस्थापन, उद्योगको दायित्व घटाउने, संस्थागत सुशासन तथा आर्थिक अनुसाशन कायम गर्ने जस्ता विषयहरूमा महाप्रबन्धक न्यौपाने योजनाबद्ध ढंगले लागि परेका छन् ।

 

यस्तै, सुशासन कायम गर्न विगत १४ वर्षदेखि हुन नसकेको वार्षिक साधरण सभा बोलाइएको हो ।

चुनावी नारा मात्र बनेको रेलको कथा : गफ धेरै, काम जताततै अलपत्र, कुनको अवस्था कस्तो ? Read Previous

चुनावी नारा मात्र बनेको रेलको कथा : गफ धेरै, काम जताततै अलपत्र, कुनको अवस्था कस्तो ?

अब निषेधाज्ञा उल्लंघन गरे १ वर्ष कैद र ५ लाख जरिवाना Read Next

अब निषेधाज्ञा उल्लंघन गरे १ वर्ष कैद र ५ लाख जरिवाना